» लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा वालुवा तस्करी

२२ पुष २०७७, बुधबार

रसुवा सम्वाददाता

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी तथा वालुवा तस्करी बढेको छ । सरकारले जारी गरेको लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रको जंगलमा प्रवेश गरी अवैध रूपमा चोरी तस्करी बढेको हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बादरे खोलामा तस्करहरुले खुलेलाम स्काभेटर प्रयोग गरी अवैध वालुवा उत्खनन् गरीरहेका छन । दिनदहाडै खोलामा स्काभेटर प्रयोग गरी वालुवा उत्खनन् हुदा पनि प्रहरी प्रशासन मौन बसेको छ । स्थानिय ठेकेदार चालसिङ तामाङले बिना सम्झौता खोलामा स्काभेटर प्रयोग गरी दिनदहाडै बालुवा तस्करी गरीरहेका छन । अनधिकृत रूपमा निकुञ्जको वन क्षेत्रमा प्रवेश गरी बालुवा उत्खनन हुदाँ समेत मौन बस्नु प्रशासनको लजमर्दो हर्कत हो। ठेकेदार संग सेटिङमा काम गर्ने र निकुञ्ज भित्र तस्करी गर्नेलाई प्रशासनले प्रशय दिइरहेको पाइएको छ ।

लकडाउनको समयमा मानिसहरूले अनधिकृत रूपमा वन क्षेत्रमा प्रवेश गरी वनमा डढेलो लगाउने, वन्यजन्तुको चोरी सिकारी गर्ने तथा वन पैदावरको चोरी निकासी गर्नेजस्ता वन अपराधका गतिविधि वृद्धि हुन लागेकोले लकडाउनको अवधिभर डिभिजन वन कार्यालय रसुवाको कार्यक्षेत्रभित्र सम्पूर्ण वन क्षेत्रमा प्रवेश निषेध गरिएको सुचना प्रकाशित गरेको समयमा बालुवा तस्करी हुनुमा पक्कै शंका उव्जीएको छ । कतै लाङटाङ राष्ट्रिय निकुञ्ज संरक्षण समिति , सरोकारवाला  प्रहरी प्रशासन सबैको मिलोमतोमा तस्करी भैरहेको छैन संवधित निकाय चनाखो हुन आवश्यक छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद