» नुवाकोटमा दोस्रो चरणको लकडाउन फितलो , प्रशासनले कडाइ नगर्दा कोरनाको जोखिम उच्च

२१ बैशाख २०७८, मंगलवार

मिति २०७८/०१/२१

त्रिशुली सम्बाददाता ,नुवाकोट 

नुवाकोटमा दोस्रो चरणको लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चेकजाचमा कडाई नगर्दा नुवाकोटमा लकडाउन फितलो भएको हो ।
सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिन बाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् ।

जिल्ला प्रशासान कार्यालय नुवाकोटले यही चैत्र २१ गतेबाट लागु गरेको लकडाउन पुर्ण रुपमा पालना नहुदाँ सडकमा निर्वाध रुपमा सवारी साधन चलेको देखिएको छ । सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरुलाई कारबाही नगर्दा लकडाउन झनै फितलो भएको छ । पहिलो चरणको लकडाउनको समयमा जिल्लामा कडा चेकिङ र सडकमा अनाव्यक रुपमा निस्कने मानिसहरुलाई सडकमा नै होल्ड गर्दा लकडाउन केही कडाइ भएको पक्कै पाइएको हो ।

तर जिल्ला प्रशासन कार्यालय आफैले घोषणा गरेको लकडाउन कडा रुपमा चेकजाच नहुदाँ जिल्लामा कोरना भाइरस बढ्ने जोखिम देखिएको छ ।घरबाहिर निस्कने र सवारी साधन चलाउने कतिपय अत्यावश्यक सेवामा खटिएकाहरु भए पनि कतिपय भने घरमा बस्न दिक्क लागेर निस्केको पनि बताउने गरेका छन् ।

अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि पछिल्लो समय बन्द गरेको छ । यतिबेला मुलुक लकडाउनको क्रममा छ । नागरिक सुरक्षाको लागि सरकारले आह्वान गरेको लकडाउनलाई नागरिकले भने विभिन्न ठाउँखा खेलाँची गरेका प्रशस्तै उदाहरणहरु पाइन्छ । यही खेलाँचीबाट मुक्त छैन नुवाकोट पनि । भारतमा कोरोना भाइरसको महामारीले ज्यान जाने र संक्रमितको संख्या बढिरहँदा नेपालको सीमावर्ती शहरहरु पनि यसबारे सचेत हुनुपर्ने हो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद