» बेलकोटगढी कांग्रेसको नगर सभापतिका इन्द्र लामा अब्बल उम्मेद्वार

१९ भाद्र २०७८, शनिबार

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिएसँगै नेतृत्वका लागि वडा, पालिका र जिल्ला हुँदै केन्द्रीय तहसम्मै आकांक्षीहरूको कसरत बाक्लो छ । यसैबीच काँग्रेस महाधिवेशनको रौनक नुवाकोटमा पनि बढेको छ । पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्रीद्वय अर्जुन नरसिंह केसी र डा रामशरण महतको गृहजिल्ला भएकाले पनि जिल्लाको चुनावलाई अर्थपूर्ण रूपमा हेरिन्छ ।

यससँगै नुवाकोटको बेलकोटगढी नगरपालिकामा आसन्न महाधिवेशनको रौनक सुरु भइसकेको छ । नगरको वडा नं. ६ निवासी इन्द्र लामाले नगर सभापतिमा आफ्नो दाबी घोषणा गरेका छन् । मिजासिला स्वभावका लामा काँग्रेसका युवा नेता हुन् । युवाहरूका सवालमा लामा प्रष्ट रूपमा प्रस्तुत हुने गरेका छन् । हाल समस्त युवा पिँढीमा आफ्नो भूगोल र संस्कृतिलाई नर्क र युरोप अमेरिकालाई स्वर्ग देख्ने आँखाको विकास भएकामा उनी चिन्ता व्यक्त गर्दछन् ।साबिक दुइपिपल गाबिसका पुर्ब अध्यक्ष समेत रहेका लामालाइ बेलकोटगढीको डाइनामिक लिडरको रुपमा पनि लिने गरिएको छ । उनले भने–अन्तरपार्टीमा गुट उपगुट सामान्य विषय हुन् । गुट उप गुट भएन भने पार्टीमा सर्वसत्तावाद लागु हुन्छ । इन्द्र लामा बेलकोटगढीका युवा राजनीतिकर्मीमा‘‘क्लिन चिट’ नेता हुन् ।
स्थानीय तहका यावत् सवालहरूलाई मूर्तरूप दिन राजनीतिक तहबाट तिनको समाधान खोज्दै राज्यको सबैभन्दा तल्लो तहमा लोकतान्त्रिक प्रकृयालाई अझ मजबुत बनाउने उद्देश्यले आफू राजनीतिमा होमिएको बताउँदै उनले बेलकोटगढी नगरपालिकाको नगर सभापतिमा उमेदवारी घोषणा गरेका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद