नेकपा (एमाले) का उपाध्यक्ष तथा निर्वाचन अछाम क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार भीम रावलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले स्थिर सरकार निर्माणसँगै राष्ट्र समृद्धिको दिशातिर अघि बढ्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग साँफेबगरमा बुधबार कुराकानी गर्दै पूर्व उपप्रधानमन्त्री रावलले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकता भएको बताउनुभयो । नेता रावलले संविधानले सामाजिक–आर्थिक रुपान्तरणसहित समाजवाद […]