तीन वर्षअघि भेरीमा आएको बाढीले बराहताल गाउँपालिका–४ तल्लो तरंगाका मनबहादुर कार्कीकी वृद्ध आमा नैनकला, दुई छोरी कल्पना र जानकीलाई बगायो । ससुराली गएका कार्की दम्पत्ति बाँच्न सफल भए । भेरीले घरसँगै आमा र छोरी गुमाएका मनबहादुर त्यसयता कर्णाली राजमार्गमा पर्ने गिरीघाटस्थित अस्थायी शिविरमा बसिरहेका छन् । बाढीपीडितहरु अस्थायी शिविरमा बस्न थालेयता स्थानीय तह निर्वाचन सम्पन्न […]
नुवाकोट। समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनको रुपमा रहेका सामुदायिक वनहरु नुवाकोटमा अब्बल बन्दै गएका छन् । वन विभागले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार मार्फत मुलुकभर रहेका सामुदायिक वनमा छापगैरा सामुदायिक वन ककनीलाई प्रदान गरेसगै समुदाय मार्फत सञ्चालनमा रहेका याँहाका सामुदायिक वनको व्यवस्थापन समेत उत्कृष्ट ठहरिएका छन् […]
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदान केन्द्रको व्यवस्थापन र सुरक्षित रुपमा मतपेटिका संकलन गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवलाई जानकारी गराउने उद्देश्यले आयोजित छलफलमा अघिल्ला चुनावको भन्दा अहिलेको चुनावमा मतपेटिका सङ्ख्या धेरै समावेश गर्नुपर्ने भएकाले त्यसको सुरक्षा गर्न […]
एक थान पेस्तोल र त्यसमा लाग्ने १४ थान गोली सहित धादिङमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गाँउपालिका वडा नं. ७ स्थित बाइसकिलो भन्ने स्थानमा चेकजाँचको क्रममा भारतमा बनेको ‘एयर गन’ र त्यसमा लाग्ने गोली सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ परेका हुन् । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरी […]
धादिङको चुनावी सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई धादिङ प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरेर चुनाव बिथोल्न नदिनका लागि नेकपाका रसुवा जिल्ला सेक्रेटरीको रुपमा रहेका धादिङको रुबीभ्याली गाउँपालिका निवासी चेरोङ तामाङ, नेकपाका सक्रिय कार्यकर्ताहरु रुबीभ्याली गाउँपालिका निवासी टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिका […]
पश्चिमी तामाङ भाषाका युवा साहित्यकार नुवाकोटको मेघाङ गाँउपालिका वडा नं. ३ देउरालीका धनम तामाङको दुई कृतिहरुको एकैसाथ शनिबार विमोचन गरिएको छ । तामाङ डजाङ पत्रिकाको आयोजनामा तामाङका नव प्रकाशित दुई कृतिहरु ठुङ्प र केह्प लोककथा र सप्सी काव्यको विमोचन गरिएको हो । तामाङ विगत १२ बर्ष देखि पश्चिमी तामाङ भाषामा कलम चलाउदै आइरहेकाले प्रकाशन भएको […]
धादिङको खनियाबास गाँउपालिका वडा नं. ५ का निरुषा तामाङलाई सुत्केरी गराउदाँ अत्याधिक रक्तश्राव भएर जोखिममा परेको शरिर नेपाली सेनाले रगत उपलब्ध गराएर बचाएको छ । सुत्केरी ब्यथा लागेपछी जिल्ला अस्पताल त्रिशूलीमा भर्ना हुनुभएका २० वर्षका तामाङको शरीरबाट अत्याधिक रक्तश्राव भएर जोखिममा परेको ज्यान श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक धुव्रकुमार बुढाथोकीले उपलब्ध गराउनुभएको रगतको सहयोगले सामान्य […]
सूर्यगढी गाउँपालिका वडा नम्बर ४ हल्देकलिकामा रहेका बालकालिकाहरु बालयौन दुव्र्यवहार रोक्नको लागी प्रशिक्षण तथा अभिमुखिकरण गरिएको छ । हल्देकालिकामा रहेको गणेश माध्यामिक विद्यालयमा रहेको गणेश बालक्लवमा आवद्ध भएका बालबालिकालाई कार्नेट नेपालले बालबालिकामाथी हुन सक्ने बालदुव्र्यवहार र बच्ने उपायका सम्बन्धमा एक दिने प्रशिक्षण दिएको जनाएको छ । प्रशिक्षणबाट बालबालिकाले ठूलालाई गर्ने आदार र ठूलाले सानालाई कस्तो […]
आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा १६७ जना तेस्रो लिङ्गी मतदान प्रक्रियामा सहभागी हुने भएका छन् । एक करोड ५४ लाख २७ हजार ९ सय ३४ जना कुल मतदाता रहेकामा मुलुकभर १ सय ६७ जना तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागि हुने निर्वाचन आयोगले जनाएको छ । नुवाकोटमा तीन जना तेश्रो लिङ्गी मतदाता रहेका […]
निर्वाचन आयोगले द्रुत गतिमा अगाडि बढाएको निर्वाचन कार्य सम्पन्न गर्न सियोदेखि धागोसम्म पनि आवश्यक पर्ने देखिएको छ । आम मानिसको ध्यान अर्बौ रकम, हजारौँ सुरक्षाकर्मी, निर्वाचन अधिकृत, भौतिक तथा मानवीय व्यवस्थापनमा मात्रै ध्यान जाने गरेको छ । तर, निर्वाचनमा प्रयोग हुने तथा आवश्यक सामग्रीमा मतपत्र, मतपेटिकादेखि सियो र धागोसम्म समेत आवश्यक हुने गरेको छ । […]