सन् २०१७ अबको केही दिनमा बिदा हुँदैछ र विश्वले सन् २०१८ को स्वागतका लागि तयारी गर्दैछ । यसै सन्दर्भमा विश्वका सञ्चारमाध्यमहरुले सन् २०१७ मा विविध क्षेत्रमा भए गरेका विविध घटनाक्रमहरुको विश्लेषण सुरु गरेका छन् । यसै विषयलाई लिएर बेलायतको ‘द गार्जियन’ पत्रिकाको अन्तर्राष्ट्रिय संस्करणले सन् २०१७ मा विश्वको मानवविकाससम्बन्धमा लेखेका समाचारहरुको पुनरावलोकन गरेको विषयलाई हामीले […]
धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन् । गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । प्रतिघण्टा १३० किलोमिटरको गतिमा आएको […]
एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि सर्लाहीको हरिवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक […]
तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको छ […]
बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ । अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो । राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गर्नुभएको छ । प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको […]
अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ । सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । मन्त्रालयले ८ लाख ४९ हजार जनालाई मधुमेह रोग लागेको […]
ट्युनिसियाको संसदले मोहम्मद मानश्रीलाई निर्वाचनका लागि स्वतन्त्र उच्चस्तरीय प्राधीकरणको नयाँ अध्यक्षमा चयन गरेको छ । संसदमा मङ्गलबार भएको निर्वाचनमा ४३ वर्षीय मानश्रीको पक्षमा ११५ मत परेको जानकारी दिइएको छ । अहिलेको संसदमा बहुमत ल्याउनका लागि १०९ मत ल्याउनुपर्ने अवस्था रहेको अधिकारीहरूले बताएका छन् । ट्युनिसियाको निर्वाचन गराउने निकायका प्रमुखको चयन संसदबाट गर्ने व्यवस्था रहेको छ […]