नुवाकोट नेपाल रेडक्रस सोसाइटी नुवाकोटको आयोजनामा खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्दन क्षेत्रको विद्यालय स्तरीय तथा स्वच्छता कार्यक्रम सम्पन्न गरेको छ । किसोरीहरुलाई लक्ष्यित गरी चण्डेश्वरी माविम सञ्चालित दुई दिने तालिममा ६ देखि १० कक्षा सम्मका ७१ जना किशोरीहरुको सहभागिता रहनु भएको थियो । तालिमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटका उपकोषध्यक्ष उद्याब शर्मा रीजाल र प्राविधिक सुमण राईले […]
प्रदेश नंम्बर ३ का उपसभामुख तथा पूर्व राज्यमन्त्री राधिका तामाङले ग्रामिण भेगमा रहेका विद्यालयका छात्र÷छात्राहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गर्नु भएका छन् । बुवाआमाको नाममा स्थापना गरेको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान मार्फत तामाङले शिवपुरी गाउँपालिका वडा नम्बर १ र ३ मा रहेका विद्यालयहरुका छात्र÷छात्राहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गर्नु भएका […]
विदुर नगरपालिका वडा नं. ४ बट्टारमा रहेको लोकप्रिय सहकारी सस्था लिमिटेडले बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगद ११ हजार रुपैयाँ प्रदान गरेको छ । सहकारीको पाचौ स्थापना दिवसको अवशर बनाएर मुनाफाको केही रकम सामाजिक सेवामा लगानी गर्ने उद्देष्यले बौद्धिक अपाङ्गता अध्ययन गराउदै आएको माझीटारमा रहेको विद्यालयलाई नगद ११ हजार रुपैयाँ गत शुक्रबार विद्यालयमा आयोजित […]
काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व […]
गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ । गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारका क्रममा ललितपुरको मेडिसिटीमा अस्पतालमा २३ गते भुसालको निधन भएकामा परिवारले घटनालाई रहस्यमय भएको जनाएको भन्दै शिक्षा पत्रकार समूहले सचिव सापकोटालाई आज सिंहदरबारमा लिखित […]
दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको छ । नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले […]
धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन् । गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । प्रतिघण्टा १३० किलोमिटरको गतिमा आएको […]
प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले आज विज्ञप्ति जारी गर्दै कुनै आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सिलमा खण्डन पठाउन सकिने बताउनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौँले केही अनलाइन सञ्चारमाध्यमलाई ‘कागजात उपलब्ध गराइदिनू’ भनी पत्र काटेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले […]
आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन । विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराउनुभयो । गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माण कार्य कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर […]
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्व शान्ति तथा भ्रातृत्व कायम गर्नका लागि बुद्धका शिक्षाको महत्व रहेको बताउनुभएको छ । नागार्जुन नगरपालिका–५ स्थित जगडोलमा स्थापना भएको निङ्मापा सम्प्रदायको थांकर देछेन छोलिङ महाविहारको आज उद्घाटन गर्दै उहाँले बुद्ध तथा बोधिसत्वलाई स्मरण गर्ने परम्परालाई विभिन्न ध्यान, शिक्षा तथा उपदेशका माध्यमबाट विहारमा हुने अभ्यासले समाजलाई सकारात्मक प्रभाव पार्ने विश्वास […]